कालिकोट, २९ – कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ।
प्राप्त जानकारी अनुसार, सान्नी त्रिवेणी गाउँपालिका–६, पोरिबन (माथिल्लो काभ्रे खोला) स्थित एउटा पानीघट्टमा अन्न पिस्न गएका बेला माथिबाट खसेको पहिरोमा परी उनीहरूको मृत्यु भएको हो।
मृत्यु हुनेहरूमा सोही वडाका बासिन्दा लाल सावद र मन्दिर सावद रहेका छन्। पहिरोले पानीघट्टलाई पूर्ण रूपमा पुरेको थियो, जसका कारण उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।
फोटो Hem raj bam kathakuri



















Discussion about this post