कालिकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

0
SHARES
1
VIEWS

कालिकोट, २९ – कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ।

​प्राप्त जानकारी अनुसार, सान्नी त्रिवेणी गाउँपालिका–६, पोरिबन (माथिल्लो काभ्रे खोला) स्थित एउटा पानीघट्टमा अन्न पिस्न गएका बेला माथिबाट खसेको पहिरोमा परी उनीहरूको मृत्यु भएको हो।

​मृत्यु हुनेहरूमा सोही वडाका बासिन्दा लाल सावद र मन्दिर सावद रहेका छन्। पहिरोले पानीघट्टलाई पूर्ण रूपमा पुरेको थियो, जसका कारण उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

फोटो Hem raj bam kathakuri

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार