भाइरल रोडमा बृहत् सरसफाइ तथा बोटबिरुवा गोडमेल कार्यक्रम सम्पन्न।

0
SHARES
33
VIEWS

​वीरेन्द्रनगर, सुर्खेत
सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नम्बर २ स्थित   चर्चित भाइरल रोड क्षेत्रमा बृहत् सरसफाइ एवम् बोटबिरुवा गोडमेल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। “हरियाली बढाऔँ, सरसफाइ अपनाऔँ, समृद्ध समाज बनाऔँ” भन्ने मूल नाराका साथ यो कार्यक्रम आयोजना गरिएको हो।
​वीरेन्द्रनगर नगरपालिका २ नं. वडा कार्यालयको आयोजना, वडास्तरीय टोल विकास सञ्जालको समन्वय तथा सहकर्मी समाज र आवाज लगायतका संघ-संस्थाहरूको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो।
​कार्यक्रममा वीरेन्द्रनगर वडा नं. २ का वडा अध्यक्ष गजबहादुर बुढाको विशेष उपस्थिति रहेको थियो। साथै, राम नगर टोलका स्थानीय बासिन्दाहरू, जनप्रतिनिधि, समाजसेवी तथा स्थानीय संघ-संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थितिमा भाइरल रोड आसपासको क्षेत्र सरसफाइ गर्नुका साथै पहिले रोपिएका बोटबिरुवाहरूको गोडमेल र गोडकाट गरिएको थियो।
​स्थानीय वातावरणलाई स्वच्छ, सफा र हरियाली बनाउँदै पर्यटकीय सौन्दर्य कायम राख्न यस्ता कार्यक्रमहरूले ठूलो सहयोग पुर्‍याउने विश्वास आयोजकले लिएको छ।

फोटो : टीका चाालिसे

आवाज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार