बाल बिबाह रोकथाम परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न । बाल बिबाह बिरुद्ध सरोकारवालाको ऐक्यबद्धता ।

0
SHARES
74
VIEWS

वीरेन्द्रनगर, सुर्खेत-
“बाल विवाह रोकथाम र व्यवस्थापनका लागि बालिकाको नेतृत्व परियोजना” अन्तर्गत सरोकारवालाहरूसँगको परिचयात्मक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। वीरेन्द्रनगर नगरपालिका को  समन्वय तथा आवाज (Aawaaj) संस्थाको आयोजनामा वीरेन्द्रनगर–२ स्थित थारु होमस्टेमा उक्त औपचारिक कार्यक्रम आयोजना गरिएको हो।
​नगर उपप्रमुखको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त औपचारिक समारोहमा समाजका विभिन्न क्षेत्रका प्रमुख व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय तह तथा वडा कार्यालयका प्रतिनिधि, नेपाल प्रहरी, शिक्षक, टोल विकास समितिका पदाधिकारी, स्वास्थ्य , एवम् भिविभन्न संस्थाका प्रतिनिधिहरू अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
​कार्यक्रममा प्रमुख अतिथि, अतिथि तथा वक्ताहरूले बाल विवाह अन्त्यका लागि समुदाय स्तरमै सचेतना र सशक्त कदम चाल्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा परियोजनाको उद्देश्य र समुदाय स्तरका गतिविधिबारे जानकारी गराउँदै सरोकारवालाहरूको भूमिकाबारे स्पष्ट पारिएको थियो।
​सो क्रममा स्थानीय तहले नीति तथा बजेट समन्वय गर्ने, प्रहरीले कानुन कार्यान्वयनमा सहयोग गर्ने, विद्यालयले बालमैत्री वातावरण सृजना गर्ने र टोल विकास समितिले निगरानी बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। उपस्थित सम्पूर्ण अतिथिहरूले बाल विवाह जस्तो सामाजिक कुरीति निर्मूल पार्न एकीकृत रूपमा अघि बढ्ने ऐक्यबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार